Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि ७०० सय मत खस्याे

महाधिवेशन प्रतिनिधिलाई टोकन लिएर बुधबार राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह

1.2k
Shares

काठमाडौं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी रहेकाे छ।

भृकुटीमण्डपमा जारी मतदान प्रक्रियामा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई टोकन लिएर बुधबार राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न एमाले निर्वाचन आयोगले एक सूचना जारी गर्दै आग्रह गरेकाे हाे।

आयोगका सचिव कुन्साङ लामाले त्यसपश्चात मतदानस्थलमा पस्न नपाइने जानकारी गराइएको समेत बताउनुभएकाे छ। ३ सय १ सदस्यीय एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २ हजार २ सय ६३ जना मतदाता सहभागी रहेका हुन् । निर्वाचनमा ६ सय ४२ उम्मेदवार मैदानमा रहेका छन् ।

निर्वाचनमा बुधबार दिउँसाे ४ बजेसम्म ७ सय मत खसेको आयाेगले जनाएकाे हाे।