Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी

मतदानकाे समय ३ घण्टा थप

832
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान गर्नका लागि समय ३ घण्टा थप गरिएको छ।

यसअघि बुधबार साँझ ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्‍याइएको हो। बुधबार राति ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका प्रतिनिधिले मतदान गर्न पाउने भएका छन्।

मतदान केन्द्र भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेकाे छ।