Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


कांग्रेसको संसद विघटनविरूद्धकाे रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश


1.1k
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा बुधबार सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।

कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको दावी गरिएको छ। त्यसैले प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग रिटमा गरिएको छ।

त्यस्तै, प्रधानमन्त्री कार्कीको नियुक्ति बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न पनि माग गरिएको छ।