Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


केपी ओलीलाई संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको मुख्य दायित्व: नेतृ झाँक्री

ओलीमाथि ठूलो घेराबन्दी भइरहेकाे तर्क

507
Shares

काठमाडाैं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ।

पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। ओलीमाथि देशी-विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता तथा कार्यकर्ता पंक्तिले उहाँको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाइ छ। उहाँले जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पार्नुभयो।

उहाँलेभन्नुभयो,-‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ। जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन् । यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यहीं काम अहिले हामी गर्छौं ।’

नेतृ झाक्रीले नेतृत्व चयन गर्ने भएकाले महाधिवेशनमा नेतृत्वको लागि हुने प्रतिष्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताउनुभयो।

Skip This