काठमाडौं। नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ।
११औं महाधिवेशनको बन्द सत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ। सोही निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकलाई सम्बोधन गर्नुभएकाे छ । नेता सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताउनुभएकाे थियाे।
अब बन्द सत्रबाट अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्यूरो ९९, समेत ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बन्ने भएकाे छ। गत भदौ अन्तिम हप्ता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो।








प्रतिक्रिया दिनुहोस्