Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कम्बोडिया-थाइल्याण्डबीचकाे सीमा द्वन्द्व फेरि चर्किंदै

द्वन्द्वका कारण ३ लाख बढी कम्बोडियाली नागरिकले बासस्थान छोडे

286
Shares

एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ।

कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिम जारी गर्दै शुक्रबारसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख भन्दा बढी पुगेको जनाएकाे हाे। ३ लाख भन्दा बढी मानिसहरूसहित करिब ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा नजिकैको आफ्नो घर छोडेर भागेका छन्।

यहि डिसेम्बर ७ तारिखदेखि कम्बोडिया-थाइल्याण्डकाे सीमा द्वन्द्व फेरि चर्किएको छ।