काठमाडौं ।
इजरायलको नरसंहारले ध्वस्त भएको गाजापट्टीमा भारी वर्षापछि आएको बाढीले अर्को विपत निम्त्याएको छ ।
गाजाको एन्क्लेभ शहरमा गत २४ घण्टामा आँधी बेहरीमा परि ३ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आँधिले घरहरु भत्किनुका साथै घरबार गुमाएका पिडितहरु आश्रय लिएको टहरा र पाल समेत बगाएको छ । युद्धले थलिएका प्यालेस्टिनीमाथि प्राकृतिक विपदले ओतलिने ठाउँ र बचेका खानासमेत बगाएपछि मानवीय आपक्ती देखिएको छ ।
चिसो समयमा आँधीका कारण ८ लाख बढी गाजावासी जोखिममा रहेको संयुत्त राष्ट्रसंघले जनाएको छ । भारी वर्षाले शिविरहरू डुबानमा पारेको छन भने धेरै भवनहरू ध्वस्त भएका छन् ।
पीडितहरुले बास पुनर्निर्माण न्यानो कपडाका साथै आफ्ना बालबालिकाकालागि सहयोग गरिदिन प्यालेस्टानीले रुदै गुहार मागेका छन ।





प्रतिक्रिया दिनुहोस्