काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु बैठक शुरु भएको हो । बैठकमाआगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रिय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रश्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम छ ।
बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्