Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


सुनचाँदीकाे मूल्य आज ह्वात्तै बढ्याे

सुन प्रतितोला कतिमा हुँदैछ काराेबार ?

754
Shares

काठमाडाैं। नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुन ३ हजार ५ सय रुपैयाँले बढेको जनाएकाे हाे। शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि बिहीबार भने सुन प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे।

त्यस्तै, चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। चाँदी प्रतितोला १ सय रुपैयाँले बढेको हाे। चाँदी शुक्रबार प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएकाे हाे। बिहीबार ३ हजार ८ सय ५ रुपैयाँ रहेको थियाे।