Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एनपीएल क्रिकेटकाे फाइनल खेल भाेलि हुने

उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने

364
Shares

काठमाडौं। जारी दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुने भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार दिउँसो साढे ३ बजेदेखि शुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकाे छ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्ने गर्ने भएका हुन् । नेपाल क्रिकेट संघको आयोजनामा यहि मंसिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।