Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कार्की नेतृत्वकाे सरकार असंवैधानिक भएकाे अध्यक्ष ओलीकाे आराेप

असंवैधानिक सरकारलाई कुनै प्रतिष्ठान मास्ने अधिकार नभएकाे दावी

273
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाउनुभएको छ।

काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले जेनजी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको बताउनुभयाे। उहाँले जाँचबुझ आयोगको मनशाय के छ भन्ने कुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टी भइसकेको समेत बताउनुभएकाे छ।

वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उहाँको आरोप छ। उहाँले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै कुनै प्रतिष्ठान मास्ने अधिकार नरहेको समेत टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले समय एकनासले नचल्ने उल्लेख गर्दै होस गरेर अगाडि बढ्न समेत सरकारलाई चेतावनी दिनुभएकाे छ।

आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको बताउदै अध्यक्ष ओलीले नभागेको भए के गर्नुहुन्थ्यो भन्दै जेनजी नेताहरुलाई प्रश्न गर्नुभएकाे थियाे।