Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


सरकारको गतिविधि हेर्दा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका उत्पन्न: भीम रावल

११औं महाधिवेशनबाट एमालेलाई ओलीबाट मुक्त गर्नुपर्नेमा जाेड

299
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको गतिविधिहरु हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको बताउनुभएकाे छ।

डाेटीमा बिहीबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले सरकार चुनावको वातावरण बनाउने भन्दा अरू अरू कुरामै बरालिएको आरोप लगाउनुभएकाे हाे। उहाँले सरकारले सबै दलहरूलाई निर्भीकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने बताउनुभएकाे छ।

निर्वाचनमा आन्तरिक वा बाह्य कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने उहाँको भनाइ थियाे। राष्ट्रको एकतालाई टुक्राउने र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि काम नगर्न नेता रावलले सरकारलाई सुझाव दिनुभयाे।फरक प्रशंगमा उहाँले नेकपा एमालेको ११औं महाधिवेशनबाट एमालेलाई केपी शर्मा ओलीबाट मुक्त गर्नुपर्ने समेत बताउनुभएकाे छ।