Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश

काठमाडाैं गोर्खाज भने ४ विकेटले पराजित

260
Shares

काठमाडाैं । दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स क्वालिफायरमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न भएको इलिमिनेटको खेलमा लुम्बिनीले काठमाडाैं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो। काठमाडाैंले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेकाे थियाे।

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रनको योगदान गरेका हुन्। उनले ३४ बलमा २ छक्का प्रहार गरेका थिए। सर्ट तेस्रो विकेटको रूपमा १२औं ओभरको अन्तिम बलमा काठमाडाैंका रशिद खानको बलमा विकेटकिपर जोन सिमसनबाट समातिएका थिए।

अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्ने भएकाे छ। यो खेलको विजेताले शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने भएका छन्।