एजेन्सी । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।
चिनियाँ सरकारी मिडियाले गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ४ तले भवनमा मंगलबार राति सवाँ ९ बजे शुरु भएको आगलागी राति १० बजेपछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ।
स अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठूलो आगलागी हुँदा १ सय ६० जनाको मृत्यु भएको थियो। आगोले भवनको १ सय ५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ।
यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा ८ जनाको मृत्यु भएको र ४ घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो। हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको हाे।
गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतराविरुद्ध अभियान समेत चलाएको छ ।





प्रतिक्रिया दिनुहोस्