Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


दुर्गा प्रसाईले माफी माग्दै दिए प्रधानमन्त्री कार्कीलाई भगवती दुर्गाको मूर्ति उपहार


1.9k
Shares

काठमाडौं। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्नुभएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार साँझ प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईले माफी माग्नुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाई माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईको साथमा हामी छौं। यो सरकारको पक्षमा हामी हुन्छौं। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौं।’

साेही अवसरमा प्रसाईले प्रधानमन्त्री कार्कीलाई उपहार स्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गर्नुभएकाे थियाे।