Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


मतदाता नामावलीमा त्रुटि भए सच्याउन निवेदन दिन आयाेगकाे आग्रह (विज्ञप्तिसहित)


351
Shares

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएमा सच्याउन यहि मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको हाे। आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि अनलाइन वा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन अपील गरेकाे छ।