Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पार्टीबाट बिदा लिए मात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा

बिदा नलिएमा सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने

442
Shares

काठमाडाैं। नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताउनुभएको छ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले देश, जनता र पार्टीका सर्मथक र सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट बिदा लिनुपर्ने बताउनुभयो। ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उहाँको दावी छ।

नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताकोबीचमा स्थापित गर्न सकिने नेता थापाले बताउनुभयो। ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उहाँको भनाइ छ। पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्ने हुँदा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा उहाँकाे जाेड छ।

नेता थापाले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहोर्‍याउनुभयो । केही भजनमण्डलीहरु तयार पारेर आफूबाहेक अरु कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उहाँले आग्रह गर्नुभएकाे छ।