Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा पुग्याे

रिट दर्ता भने भाेलि हुने

2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेकाे छ।

कांग्रेसको तर्फबाट रिट दर्ता लगायतको कानूनी संयोजन पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभएकाे हाे। सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत शुक्रबार भेटवार्ता भए लगत्तै कांग्रेसले आइतबार एमालेकै लाइनमा पुनर्स्थापनाको मुद्दा सर्वाेच्चमा लगेको छ।

कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर सर्वाेच्चमा रिट गएको हो। सर्वाेच्चले दर्ताका लागि सोमबार मात्रै समय दिएको कांग्रेसले जनाएकाे छ।