Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


विश्वकप फुटबल–२०२६ को ‘ड्र’ सार्वजनिक


260
Shares

काठमाडौं ।
आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।

अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो । आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा प्रतियोगिता हुँदैछ । यसपालि पहलो ‍पटक प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् ।

जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ ।प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ । साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ ।

ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ । आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।

अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको सार्वजनिक तालिकाअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज समूहमा परेका छन् । साविकको विजेता अर्जेन्टिनाले अल्जेरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।