Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


एनपीएलमा आज दुई खेल हुँदै, पहिलाे खेलमा सुदुरपश्चिम र विराटनगर भिड्ने


702
Shares

काठमाडौं ।
काठमाडौंमा जारी एनपीएल अन्तरगत आज दुई खेल हुँदैछन् ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिनको पहिलो खेल सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्स् बिच हुनेछ ।

सुदुरपश्चिम र बिराटनगर दुवै टोली प्ले अफमा पुगिसकेकाले खेलको नतिजाले अंकतालिकामा मात्रै अर्थ राख्नेछ । त्यस्तै दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राईनोज भिड्दैछन् । दुवै टोलस् समूह चरणबाट बाहिरिसकेका छन् । तसर्थ यी दुवै टोली प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्दैछन् ।

एनपील अन्तरगत हिजो सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्टसलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्ले–अफ्मा पुगेको छ ।

लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराउँदै प्ले अफमा स्थान पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

जवाफमा १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३४ रन जोड्दा अष्ट्रेलियन खेलाडी डि आर्सी शर्टले ३० रनको योगदान दिए ।

लुम्बिनीको जितसँगै प्ले अफमा पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ । प्ले अफ खेल्ने अन्य टोलीमा सुदुरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज र विराटनगर किंग्स रहेका छन् ।