Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


पार्टीकाे ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम


52
Shares

काठमाडाैं। नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको हो। मध्यान्ह १२ बजेदेखि शुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुने भएकाे छ। कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण गरी सयौंको संख्यामा सहभागी भएका थिए। रक्तदानमा पार्टीका वरिष्ठ नेता, केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारी तथा काठमाडौं उपत्यकाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले पनि सक्रिय रूपमा सहभागिता जनाएका छन्।

मानवीय सेवालाई पार्टीको अभियानको रूपमा अघि बढाइएको नेताहरुले बताएका हुन् । रक्तदानलाई महाधिवेशनको तयारीसँग जोडेर हेर्नुपर्ने उनीहरुको भनाइ छ। एमालेको ११ औं राष्ट्रिय महाधिवेशन यहि मंसिर २७, २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीले देशैभरी विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गरिरहेको हाे।

रक्तदान कार्यक्रम पनि त्यसैको एक हिस्सा भएको एमालेले जनाएको छ। महाधिवेशन नजिकिँदै गर्दा एमालेले “जनताको जनवादः समृद्ध नेपालको बलियो आधार” भन्ने नाराका साथ संगठन सुदृढीकरण, नीति तथा विचारको बहस र नेतृत्व चयनको तयारीलाई तीब्र पारेको छ। रक्तदान जस्ता कार्यक्रमले पार्टीको सामाजिक छवि थप उज्यालो बनाएको नेताहरुके दावी छ।