Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


माटो व्यवस्थापन कार्य प्राथमिकतामा: मन्त्री परियार


117
Shares

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदन परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।

ललितपुरमा शुक्रबार १२ औं विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रीय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताउनुभयो। उहाँले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्यावधिक गर्ने काम पनि भईरहेको बताउनुभएकाे छ।

सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि जस्ता कामहरु गर्दै आएको मन्त्री परियारको जिकिर थियो। रसायनिक एवं प्रांगारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको उहाँकाे भनाइ छ।