काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवासायी महासंघले बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको जनाएकाे हाे। शुक्रबार सुनप्रतिताेला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको हाे। बिहीबार भने सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियाे।
त्यस्तै, चाँदीको मूल्य शुक्रबार चाँदी तोलामा ७० रुपैयाँले घटेको छ। चाँदीप्रतिताेला शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको हाे। बिहीबार भने चाँदी प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँ कारोबार भएको भइरहेकाे छ।





प्रतिक्रिया दिनुहोस्