Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


चिसोसँगै बिरामीकाे संख्या बढेपछि सचेत रहन मन्त्रालयकाे आग्रह


416
Shares

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढैसँगै इन्फ्लुएन्जाको संक्रमण बढ्नेपछि सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसो र प्रदूषण बढेका बेला शारीरिक रुपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खान सुझाव दिनुभएकाे हाे। पछिल्ला हप्ताहरुमा काठमाडौंमा रहेका अस्पतालहरुमा उपचारका लागि पुग्ने मध्ये दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको मन्त्रालयले जनाएको छ।

यसबाट बच्नका लागि संत्रमितबाट टाढा रहन, चिसोबाट जोगिन र समस्या देखिए स्वास्थ्यकर्मीलाई देखाउन मन्त्रालयले सुझाव दिएको छ। इन्फ्लुएन्जाका मुख्य लक्षणहरुमा ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु , घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महशुस हुने रहेका छन्।

पछिल्लो सयम काठमाडौं उपत्यकाका सबै जसो मापन केन्द्रहरुमा प्रदूषण मापन सूचक एक्यूआई १ सय ५० आसपास वा त्यो भन्दा बढी पुगेको छ। प्रदूषण र चिसो मिसिएको समयमा धुँवा धूलोमा टाँसिएर इन्फ्लूएन्जा, राइनो र डडिनो जस्ता भाइरसहरूको संक्रमण बढ्ने चिकित्सकले बताउदै आएका छन्।