Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


कांग्रेस महाधिवेशनको कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधरको असन्तुष्टि


468
Shares

काठमाडाैं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसका नेताहरुले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौंमा बिहीबार गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरुले भेला गरी आगामी पुस २६, २७ र २८ गते पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नेगरी ल्याइएको कार्यतालिका कार्यान्वयन हुनेगरी आएको प्रतिक्रिया दिएका हुन्। नेता जगदीशश्वर नरसिंह केसीले सोही कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरुले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नेगरी तयारीको कामलाई अघि बढाउनुपर्ने समेत बताउनुभयो। उहाँले षड्यन्त्रमूलक ढंगले आएको सो कार्यतालिका अनुसार महाधिवेशन नहुने भएकाले विशेष महाधिवेशन गर्नेगरी आफूहरुले तयारीको कामलाई अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ।

कांग्रेस ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र श्रेष्ठले संस्थापन पक्षले आफूहरुको विशेष महाधिवेशन तुहाउने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले नियमित महाधिवेशन भन्ने कुरालाई अंगालेर विशेष महाधिवेशन पक्षहरु आफैंले गल्ती गरेको समेत बताउनुभएकाे छ।

सभापति श्रेष्ठले नयाँ क्रियाशील सदस्यता वितरणको कामले घोषित कार्यतालिकाअनुसार महाधिवेशन हुन नदिने भएकाले आफूहरुले विशेष महाधिवेशन नै गरेर अघि बढ्ने गरी तयारी गर्नुपर्ने बताउनुभयो।