Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


उज्यालो नेपाल पार्टीको घोषणासभा काठमाडाैंमा जारी

रास्वपा परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पनि सहभागी

1.2k
Shares

काठमाडाैं। उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभा राजधानीको प्रज्ञा भवनमा जारी रहेकाे छ।

मन्त्री घिसिङ समेत सहभागी रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पनि सहभागी हुनुभएकाे हाे। पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीमा मन्त्री घिसिङ आगामी फागुन २१ गते हुने निर्वाचन अघि जोडिने तयारी छ। कार्यक्रमस्थलमा पार्टीको हरियो झण्डा र चुनाव चिन्ह ‘चिम’ अंकित टोपी लगाएर नेता तथा कार्यकर्ताहरु खचाखच भरिएका छन्।

घोषणासभाबाट पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ पनि सार्वजनिक गरिएको छ । घोषणासभालाई पार्टीका संरक्षक एवं मन्त्री घिसिङलगायतले सम्बोधन गर्ने क्रम जारी रहेकाे हाे ।