Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

यादवले पदबाट राजीनामा दिएसँगै मधेशमा एमाले नेतृत्वकाे सरकार ढल्याे

923
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा दिएकाे घोषणा गर्नुभएकाे छ।

मुख्यमन्त्री नियुक्त भएको २२औं दिन प्रदेशसभामा सम्बोधन गर्दै बुधबार उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाे घोषणा गर्नुभएकाे हाे। २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम बुधबार दिउँसाे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची राखिएको थियो। तर, उहाँले सम्बोधन गर्न शुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ जना सांसद बाहिरिएका छन् ।

विश्वासको मत पाउने अवस्था नबनेपछि मुख्यमन्त्री यादवले राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे। प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ। मुख्यमन्त्री यादव नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेता समेत हुनुहुन्छ। उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै मधेशमा एमाले नेतृत्वकाे सरकार ढलेकाे छ।