Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


क्षतिग्रस्त संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको समय ३० दिन थप गर्ने (२७-निर्णयसहित)

सेनाका एक महासेनानीको राजीनामा स्वीकृत, ३ जना सहायक रथीको पदावधि थप गर्ने निर्णय

1.6k
Shares

काठमाडाैं। सरकारले कार्बन व्यपार नियमावली, २०८२ स्वीकृत गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो। मंगलबार मन्त्रीपरिषद बैठकका निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालन सम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिकः सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय भएको छ।

त्यस्तै, भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरेको हाे। नेपाली सेनाका ३ जना सहायक रथीको पदावधि थप गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।