Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पार्टीको ११ औं महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छन् भन्ने सन्देश दिनेछाैं: महासचिव पोखरेल


39
Shares

काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको एघारौं महाधिवेशनको उदघाटन सभामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ।

पार्टी मुख्यालय च्यासलमा मंगलबार पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे आह्वान गर्नुभएको हो। एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा यहि मंसिर २७ गते हुने भउकाे छ। सोही सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो।

उहाँले सो सभामार्फत एमालेले ठूला दलहरुको पक्षमा जनमत छन् भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पार्नुभयो। साेही सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरु सबै उपस्थित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएकाे छ। महासचिव पोखरेलले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको समेत बताउनुभयो।