Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विगत ३५ वर्षसम्म कांग्रेस-कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाए: अध्यक्ष यादव

फेरि पनि पुरानै राजनीतिक शक्तिबाट मुलुकले निकास पाउन सक्दैन

364
Shares

काठमाडाैं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस-कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ।

ललितपुरमा साेमबार पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो। मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसकाविरुद्ध युवाहरू विद्रोहमा उत्रिएको उहाँकाे तर्क छ।

फेरि पनि पुरानै राजनीतिक शक्तिहरुबाट मुलुकले निकास पाउन नसक्ने अध्यक्ष यादवको दावी थियाे।