Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुने औषधि व्यवसायीको चेतावनी


1k
Shares

काठमाडाैं। औषधि व्यवसायीहरुले आइतबार पनि औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्।

व्यवसायीहरुले आइतबार पनि विभागमा धर्ना दिएका हुन् । उनीहरुले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध गरेका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल औषधि संघ, काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐन, दफा ११ लाई संशोधन गर्दा औषधि व्यवसायीहरुलाई पलायन गर्न खोजिएको आरोप लगाउनुभयो।

उहाँले उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गर्नुभएकाे छ। सरकारले यहि मंसिर १७ गतेसम्म पनि आफूहरुका माग पूरा नगरे कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरु खोलिरहेको बताउँदै उहाँले आइतबार १ घण्टा, सोमबार २ घण्टा गर्दै क्रमशः १७ गतेसम्म एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिनुभयो ।

केही समय यता औषधि व्यवसायीहरुले आफ्नो मागहरु पूरा गर्न माग गर्दै धर्ना दिइरहेका छन्।