Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


विदेशमा बस्ने नेपालीलाई नेपालमा भएको सम्पत्ति बेचबिचन गरेर नलैजान प्रधानमन्त्री कार्कीकाे आग्रह

गैरआवासीय नेपालीका समस्या विस्तारै सम्बोधन गर्ने

1k
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पत्ति बेचबिचन गरेर नलैजान आग्रह गर्नुभएको छ।

आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा आइतबार प्रधानमन्त्री कार्कीले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गर्नुभएको हो। गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उहाँले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताउनुभयो। उहाँले हाल विश्वभरी बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भएता पनि सुरक्षित राख्न आग्रह गर्नुभएकाे छ।

सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने समेत प्रधानमन्त्री कार्कीले बताउनुभयो। गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि लगानी गर्न आग्रह गर्नुभएकाे छ। गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनीतिक दलहरुलाई एकता गर्नुपर्ने उहाँले सन्देश दिएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले नेपालमा राजनीतिक दलहरुमा विभाजन देखिएको उल्लेख गर्दै विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताउनुभयो।

Skip This