Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


१५ वाम घटकलाई एक-ठाउँमा ल्याएर रेकर्ड नै बनाएको संयाेजक दाहालकाे दावी

अब आफ्नाे ध्यान एमालेतिर केन्द्रित रहेकाे तर्क

1.2k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू बृहत वामपन्थी एकताको पक्षमा रहेको बताउनुभएकाे छ।

धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले रेकर्ड नै बनाएको दावी गर्नुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘हाम्रो ध्यान नेकपा एमालेतिर पनि छ। एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यहि पार्टीमा नै केन्द्रित हुनुपर्छ भन्ने जोड छ। सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौ|। यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन।’

संयाेजक दाहालले एमालेभित्र रहेका क्रान्तिकारीहरूलाई पनि गहिरो गरी सोच्न आग्रह गर्नुभयाे।