Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

सुन प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

728
Shares

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको जनाएकाे हाे।शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। शुक्रबार भने चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे हाे। बिहीबार ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियाे।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार १ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।