Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


काेशीसहित ३ प्रदेशमा दिउँसाे र राति बदलीकाे सम्भावना


429
Shares

काठमाडाैं। कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली हुने भएकाे छ। साठ्ठ बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, शुक्रबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने महाशाखाले जनाएकाे हाे।

त्यसैगरी महाशाखाका अनुसार शुक्रबार बिहान भने देशैभरी कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकाे छैन ।