Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


काेशीसहित ३ प्रदेशमा दिउँसाे र राति बदलीकाे सम्भावना


325
Shares

काठमाडाैं। कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली हुने भएकाे छ। साठ्ठ बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, शुक्रबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने महाशाखाले जनाएकाे हाे।

त्यसैगरी महाशाखाका अनुसार शुक्रबार बिहान भने देशैभरी कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकाे छैन ।