Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


प्रधानमन्त्री कार्की र एमालेका शीर्ष नेताबीच भेटवार्ता

आगामी निर्वाचनमा सहभागी हुन एमाले नेतासँग प्रधानमन्त्री कार्कीकाे आग्रह

2.6k
Shares

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बिहीबार बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गर्नुभएको हो। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी भएका थिए। प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ।

एमालेले सरकार निर्वाचनमय वातावरण बनाउन नलागेको, एमालेका नेताहरुलाई स्थानहद तोकिएको र नेताहरुलाई कार्यक्रममा जान रोक लगाइएको भन्दै निर्वाचन गराउन सरकार प्रयासरत नरहेको बताउँदै आएको छ। एमालेले संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा निवेदन समेत दिएको छ।

एमालेले वर्तमान सरकार अवैधानिक रुपमा बनेकाले यो सरकारले निर्वाचन नगराउने बताएको हाे। तर एमालेले निर्वाचन आयोगमा गएर प्रतिनिधि सभा सदस्य निर्वाचनार्थ दल दर्ता भने गराएको छ।