Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


राष्ट्रपति पौडेलले दिए आगामी निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति (विज्ञप्तिसहित)


715
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिनुभएकाे छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको जानकारी गराउनुभएकाे हाे।

यहि मंसिर ८ गते मन्त्रिपरिषदकाे बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपति पाैडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।