काठमाडौं । चिसाेयाम शुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ।
साेही समयमा वर्षा र हावाको गति कम हुने भएका कारण उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै गएकाे हाे।यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ।
उपत्यका सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो र उद्योग धन्दा लगायतबाट निस्कने हानिकारक ग्याँसले गर्दा पनि यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर बन्ने गरेको छ। उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रस्ट देख्न सकिन्छ।





प्रतिक्रिया दिनुहोस्