Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


आगामी निर्वाचन प्रायोजनका लागि दल दर्ताको समय ४ दिन थप्ने आयाेगकाे निर्णय


0
Shares

काठमाडौं। निर्वाचन आयोगले बुधबार निर्वाचन प्रायोजनका लागि दल दर्ताको समय ४ दिन थप्ने निर्णय गरेको छ।

आयोगले यहि मंसिर १४ गतेसम्म निर्वाचन प्रायोजनका लागि दल दर्ता गर्ने समय थप गरेको जनाएकाे हो।आयोगले दल दर्ताको समय मंसिर १० गतेसम्मका लागि तोकेको थियो। बुधबार अन्तिम समय भनिएता पनि दल दर्ता हुने क्रम जारी रहेकाले आयोगले थप ४ दिन थप्ने निर्णय गरेको हो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दल दर्ताको चाप अझै रहेकाले समय थप गरिएको बताउनुभयाे। सबैलाई समेटेर लैजानका लागि समय थप्ने निर्णय गरेका उहाँकाे भनाइ छ।