Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने आयाेगकाे तयारी

आयाेगमा ८० बढी राजनीतिक दल दर्ता

182
Shares

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने तयारी गरेको छ।

त्यसका लागि बुधबार साँझ आयोगका पदाधिकारीहरू छलफलमा बसेका हुन्। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अझै दलहरू दर्ताका लागि आउने क्रम बाँकी रहेको र त्यसका लागि सहजीकरणको आग्रह गरेकाले समय थपको तयारी भएको बताउनुभयाे।

बुधबारसम्म आयोगमा निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका छन्।