Logo १ माघ २०८२, बिहिबार | Fri Jan 16 2026


विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गर्ने शिक्षामन्त्री पुनकाे तयारी

साेही विषयमा प्रधानमन्त्री कार्की पनि सकारात्मक

234
Shares

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानून ल्याउने प्रयास भइरहेको बताउनुभएको हो। त्रिभुवन विश्वविद्यालयका सह-कुलपति समेत रहनुभएका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएता पनि सो सम्बन्धि कानून ल्याउन लागेको पनि स्पष्ट पार्नुभयो।

उहाँले सोही सम्बन्धमा कसरी कानूनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरुसँग छलफल भइरहेको समेत जानकारी दिनुभएकाे छ। विश्वविद्यालयहरुमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहनुभएको मन्त्री पुनले बताउनुभयो।

त्यस अवसरमा मन्त्री पुनले सोही विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ। सरकारले सोही विश्वविद्यालयको अनुसन्धान केन्द्रहरुलाई देशको थिङ्क टयांकको रुपमा स्थापित गराउन चाहेको उहाँको भनाइ थियो।