यसाेदा राउत
सिन्धुली ।
बाढी पहिराेले क्षतिग्रस्त बीपी राजमार्गकाे राेशी खाेला सडक खण्डमा पुनः निर्माणकाे काम गरिएकाे छ ।
विगगतका वर्षमा राेशी खाेलाकाे बाढीले क्षतिग्रस्त पारेकाे बीपी राजमार्गमा एक वर्षपछि ३०।५ किलोमिटरमध्ये २७।३ किमि खण्डमा निर्माण कार्य सुरु गरिएकाे जनाईएकाे छ ।
नेपाल सरकारबाट ठेक्का गरिएका सडक क्षेत्रमा निर्माणकाे काम शुरु गरिएकाे छ भने ,जाइका अन्तर्गतको ३।२ किमि खण्डमा भने अझै ठेक्का प्रक्रिया अगाडी नबढदा निर्माण कार्य शुरु हुन सकेकाे छैन ।
सार्वजनिक खरिद ऐन अनुसार ठेक्का भएका सडक खण्डमा निर्माण व्यवसायी मेसिनसहित परिचालित भइसकेको सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले जनाएकाे छ । विगतमा सिंगल लेन रहेकाे विपी राजमार्ग अन्तर्गत भकुन्डेबेसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०।५ किमि क्षेत्रमा दुई लेन सडक निर्माण गराउन थालिएकाे छ ।
राजमार्ग अन्तर्गत काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । सडकको काम सुरु भइसक्दा राजमार्गमा पर्ने पुल निर्माणका लागि भने अझै ठेक्का हुन नसक्दा राजमार्गमा साँघुरा पुलका कारण ट्राफिक जाम हुने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्