Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सामाजिक सुरक्षा कोषमा रहेको डेढ खर्ब रूपैयाँ रोजगारीको लागि खर्च हुन सकेनः संयोजक दाहाल


221
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषमा जम्मा भएको रकम युवाहरुको रोजगारिको लागि खर्च हुन नसकेको बताउनुभएको छ।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले कोषमा रहेको १ खर्ब ५० अर्ब रुपैयाँ फ्रिज भएर बसेको बताउनुभएकाे हाे। उहाँले पछिल्लो पटक आफू प्रधानमन्त्री हुँदा विदेशमा रहेका मजदुर र श्रमिकहरुको माग अनुसार नै सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने घोषणा गरेको स्मरण समेत गर्नुभयो।

कोषमा आवद्ध हुने मजदुरहरु र रकम करिब ढेड खर्ब पुगेको सुन्दा खुशी लागे पनि त्यत्रो रकम जम्मा भएर पनि मजदुरहरुलाई रोजगारी सृष्टि गर्न खर्च गर्न नसक्दा चिन्तित तुल्याएको उहाँकाे भनाइ छ। सरकारले आवश्यक निति नियम नबनाएका कारण रकम फ्रिज भएर बसेको उहाँले बताउनुभयाे। संयाेजक दाहालले उक्त रकमको सही सदुपयोग गर्न र नेपाली युवालाई देशभित्रै रोजगारी सिर्जना गर्नको लागि प्रयोग गर्न आग्रह गर्नुभएकाे छ।

संयाेजक दाहालले विदेशबाट फर्किएका रिटर्नीहरुलाई नेपालमा उद्यम गर्न रकम छुट्याएको भएता पनि पछिल्लो सरकारले हटाएको आरोप पनि लगाउनुभयो।