Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


आगामी निर्वाचनकाे प्रयोजनका लागि आयोगमा ६८ दल दर्ता


169
Shares

काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले बताउनुभएकाे हाे। प्रवक्ता पन्थले संचारकर्मीसँग कुरा गर्दै हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको जानकारी गराउनुभयाे। आयोगले यहि मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। उहाँले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो।

प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको समेत बताउनुभयो। विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने उहाँकाे भनाइ छ। स्वच्छ, निष्पक्ष र भयरहति वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो