Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


अमेरिकी राष्ट्रपति ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता


260
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यूयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले ह्वाइट हाउसमा पहिलो औपचारिक भेटवार्ता गर्नुभएकाे छ।

साेही भेटवार्ताका क्रममा गत शुक्रबार समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि मेयर ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गर्नुभएकाे हाे। शनिबार एनबिसी न्यूजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर–निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ मान्ने दावी दोहोर्‍याउनुभयाे।

यद्यपि उहाँले शुक्रबारको संवादलाई ‘फलदायी र सद्‌भावपूर्ण’ भएको भन्दै दुवैबीच सहरका किफायती चुनौती तथा नागरिक जीवनसँग सम्बन्धित गम्भीर विषयमा गहन छलफल भएको बताउनुभएकाे थियाे। भेटका क्रममा राष्ट्रपति ट्रम्पले पनि सहृदय रवैया अपनाउँदै पत्रकारहरूलाई ममदानीकाे बारेमा ‘मै उत्साहित छु’ भन्ने टिप्पणी गर्नुभएकाे थियाे।

ममदानीका अनुसार वार्ताको केन्द्रविन्दु न्यूयोर्क सहरका जनतामाथि परेको अत्यधिक जीवनयापन लागत र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकतामा केन्द्रित थियो।