Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


शहरी मन्त्रालयको ६१ अर्ब ७६ करोड रूपैयाँ रकम रोक्काः सचिव सिग्देल


0
Shares

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको छ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा उहाँले यस्ताे बताउनुभएकाे हाे। मन्त्री परिषदकाे गत असोज ५ गतेको निर्णयले उक्त रकम रोक्का भएको उहाँले जानकारी दिनुभयाे। उहाँले मन्त्रालयमा कुल विनियोजित रकमको ९१ अर्ब ३४ करोड रुपैयाँमध्ये हालसम्म ३ अर्ब २२ करोड रुपैयाँ मात्रै खर्च भएको बताउनुभएकाे छ। उहाँले मन्त्रालयको ठूलो रकम रोक्का रहेकोले मन्त्रालयका योजना निर्माण समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार २ हजार १ सय ४० वटा कार्यक्रम रोक्का रहेको छन् । असोज ५ अगावै वोलपत्र आह्वान भएको करिवब ४ सय ४० वटा बोलपत्र पनि हाल रोक्का रहेको उहाँले जानकारी दिनुभयो । रोक्का रहेका योजनाको लागि फुकुवा गर्न अर्थमन्त्रालयमा आग्रह गरिएको उहाँले बताउनुभएकाे छ। सचिव सिग्देलले गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण देशैभरीका सर्वाजानिक तथा निजी क्षेत्रका २ हजार २ सय घर संरचनाहरु नष्ट भएको पनि जानकारी दिनुभयो ।

जसमध्ये १ हजार २ सयको हाराहारीमा सरकारी संरचनाहरु रहेका छन् । क्षतिग्रस्त करिब ६ सय वटा भवनहरु संघीय सरकारको जिम्मा रहेका र तीमध्ये करिब २ सय ५० भवन डिटेल ईन्जिनियरिङ एसेसमेन्ट गरेर निर्माणमा लैजानुपर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । हाल २ सय भवनमा अध्ययन प्रक्रिया अगाडी बढाएको उहाँको भनाइ छ । दुई महिनाभित्र डिजाईन र लागत अनुमानसहितको परामर्शदाताबाट रिपोर्ट प्राप्त हुने र त्यसपश्चात पुनर्निर्माणको प्रक्रिया थाल्ने सचिव सिग्देलले बताउनुभयाे।

सचिव सिग्देलले पहिलो चरणको कीर्तिपुरको क्रिकेट स्डेडियममा फ्लडलाईट र १० हजार दर्शक क्षमताको प्याराफिट निर्माणको काम सकिएको पनि जानकारी दिनुभएकाे छ। दोस्रो चरणको कामको लागी गुरुयोजना अनुरुप सम्पूर्ण काम गर्नको बहुबर्षिय ठेक्का गर्नेगरी अर्थमन्त्रालयमा सहमति माग्ने क्रममा रहेको उहाँले बताउनुभयाे। संघीय संसद निर्माणको काम ८७ प्रतिशत सकिएको पनि सचिव सिग्देलले जानकारी दिनुभएकाे छ।

१२ वटा भवन निर्माण सकिएको र फिनिसिङको काम मात्रै बाँकी रहेको सचिव सिग्देलले बताउनुभयाे।