Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः मन्त्री घिसिङ


416
Shares

काठमाडाैं। शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भवनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा साेमबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो। उहाँका अनुसार आसन्न चुनावपछि संसद बैठक बस्नका लागि सिंहदरबार परिसरमा बनेको संसद भवन निर्माणको कामलाई तीव्रता दिइएको छ । सरकारले फागनु २१ गतेलाई प्रतिनिधधि सभा सदस्यको निर्वाचन मिति तोकेको हाे। त्यसअघि आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भएकाे छ ।

मन्त्री घिसिङले चालू आर्थिक वर्षको बजेटमा तयारी नै नभएका कार्यक्रमहरुमा बजेट समेत राखिंदा कार्यान्वयनमै समस्या आएको बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक रुपमै अध्ययन नभएका र जग्गा नै अधिग्रहण नभएका आयोजनामा यसअघिको सरकारले बजेट राखेको पाइएकाे छ।

अनावश्यक रुपमा बजेट राखिएका बाहेक अरु आयोजनाहरुको बजेट रोक्का भएको भए खोल्नका लागि अर्थमन्त्रालयसँग छलफल हुने उहाँले बताउनुभयो।

Skip This