काठमाडाैं। जेनजी आन्दोलनबाट एका-एक सत्ताच्यूत भएपछि घाइते बनेको नेकपा एमाले र सोही पार्टीका अध्यक्ष केपी ओलीका पछिल्ला गतिविधि देशमा अराजकता मच्चाउने खालका देखिएका छन्।
अन्तरिम सरकार, प्रधानमन्त्री र मन्त्रीहरु तथा जेनजी युवाहरुविरुद्ध दैनिक रुपमा उत्तेजिन अभिब्यक्ति दिंदै आएका ओलीले नेशनल भोलेन्टिर फोर्स गठन गरेर भीडन्तको तयारी समेत गर्नुभएकाे हाे। आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनाउनु पर्ने जिम्मेवार पार्टी एमाले पार्टी अध्यक्ष ओलीको कुण्ठाको शिकार हुने खतरा बढेको छ।
जेनजी आन्दोलनका कारण सत्ताबाट बाहिरिनु परेको एमाले सबै भन्दा बढी पीडामा देखिन्छ। सत्ता स्वाद एकाएक गुम्नुको पीडा एक हदसम्म स्वभाविक नै हो । तर एमालेको पीडा भने अस्वभाविक लाग्ने खालको छ । जेनजी आन्दोलनले एमाले मात्रै होइन नेपाली कांग्रेस पनि सत्ताबाट बाहिरिएको हो। तर कांग्रेसले जेनजी आन्दोलनबाट भएको परिवर्तनलाई स्वीकारेर निर्वाचनमा होमिने तयारी अघि बढाइरहेको छ। यहि समयय एमाले भने शक्ति प्रदर्शन भन्दै देशब्यापी जनप्रदर्शन गर्ने र भोलेन्टियर्स फोर्स गठन गर्दै हिंडेको छ।
पटक-पटक सत्तामा पुगेको पार्टी एमालेका यस्ता गतिविधिहरु पनि स्वभावित छैनन् र एमाले अन्तरिम सरकारसँग भिड्नेगरी अघि बढेको देखिंदै छ। एमाले पार्टीका नेता कार्यकर्ता मात्र होइन, अध्यक्ष ओली आफैं झनै आक्रामक रुपमा प्रस्तुत हुने गर्नुभएकाे हाे । उहाँका पछिल्ला अभिव्यक्तिले मुलुकमा हिंसा र अराजकतालाई थप प्रश्रय दिइरहेका छन् ।
ओलीले विगतमा पटक-पटक सत्ताको नेतृत्व गरेका छन् । सत्ताको नेतृत्वमा बसेपछि ओलीबाट जनताले चाहे अनुसार परिवर्तन महसुस गरेनन् । त्यसको साटो मुलुकमा थप विकृति र विसंगतिहरु चुलिए । परिणामतः जन-आक्रोश सड्कमा पोखियो । त्यसकै एक हिस्सा जेनजी आन्दोलन हो भन्दा फरक नपर्ला। जेनजीहरु आन्दोलनलाई पनि पूरै बेवास्ता र नजर अन्दाज गरेका कारण त्यो हदको क्षति भएकोमा शंका छैन। ओलीले हठ नदेखाएको भए संवादबाटै समस्याको समाधान हुन सक्थ्यो।
जेनजी आन्दोलनपछि सत्ताच्युत भएको यथार्थलाई स्वीकारेर अघि बढ्नुपर्नेमा ओली र एमाले दिन प्रतिदिन देशमा राजनीतिक वातावरण विगार्ने र त्यसकै बहानमा चुनाव विथोल्लने रणनीतिमा उद्धत भएको छ। कथम मुलुकमा पुनः हिंसा भड्कियो भने त्यसले थप संकट निम्त्याउने राजनीतिशास्त्री डा. भेषराज घिमिरेले बताउनुभयाे।
फागुन २१ गतेका लागि घोषित निर्वाचन आउन अब करिब सय दिन मात्रै बाँकी रहेकाे छ। कांग्रेससहितका अन्य दलहरु निर्वाचनको तयारीमा जुटिसकेका छन् । तर एमाले भने निर्वाचनको वातावरण नभएको बहानाबाजी गरिरहेको हाे। अर्कोतर्फ आफूलाई सर्वज्ञानी र सर्वेसर्वा ठान्ने ओली प्रवृत्तिमा सुधार नआउने हो भने एमाले पार्टी थप एक्लिने र संकटमा पर्ने देखिन्छ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्