काठमाडाैं। रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत अवस्थामा भेटिनुभएकाे छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा बस्दै आएका खनिया आफू बस्ने घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हाे। नयाँ बानेश्वरमै रेडिया अडियो नामक एफएम रेडियो चलाउँदै आएका खनियाको मृत्युकाे बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
श्रीमती र छोरीसहित घरमा बस्दै आएका पत्रकार खनिया उनीहरु घर बाहिर गएको समयमा झुण्डिएको प्रहरीले बताएकाे हाे।





प्रतिक्रिया दिनुहोस्