Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै काठमाडाैंमा प्रदर्शन

शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग

429
Shares

काठमाडाैं। काठमाडाैंमा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ।

माईतीघर मण्डलामा आइतबार दिउँसो २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् । त्यस्तै, रोजगारीको ग्यारेन्टी गर्न, २०४६ साल यताको श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्न, २०४६ साल यताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न माग गरेका छन् ।

त्यस्तै, उनीहरुले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न र संवैधानिक राजसंस्थासहितको वैदिक सत्य सनातनी हिन्दु राज्यको राखेका छन् ।